इलाम : इलामको माङ्सेबुङ गाउँपालिका ५ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
माङ्सेबुङ गाउँपालिका ३ का ३९ वर्षे आशिष भनिने हस्तबहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
गत चैत्र ९ गते राति वडा कार्यालयमा आगजनीसहित चोरी भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
घटनाको अनुसन्धान गर्ने क्रममा लिम्बूको साथबाट वडा कार्यालयको कम्प्युटर मनिटर, स्क्यानर, वाइफाई राउटर, माउस र किबोर्डसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी इन्स्पेक्टर प्रदीप सुवेदीले जानकारी दिए ।
पक्राउ गरेका लिम्बूविरुद्ध आगजनी तथा चोरी मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post