पाँचथर : पाँचथरको मिक्लाजुङ ६ का डिल्लीराम निरौलाको भीरबाट लडेर मृत्यु भएको छ ।
मिक्लाजुङ ६ तीनतले घर भएका निरौलाको कमेरे भीरबाट लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरीका अनुसार मिक्लाजुङ १ को मावि टोलमा पसल गरेर बस्दै आएका निरौला चैत २१ गते अपराह्न ४ बजे गाउँ डुल्न भनी घरबाट निस्किएका थिए ।
साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव बिहीबार स्थानीय र प्रहरीले फेला पारेका हुन् ।
घटनास्थलको स्थलगत अध्ययन गरी शव पोस्टमार्टमका लागि पठाएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post