तरहरा : तरहरा जेसीज २५ औँ वर्षमा प्रवेश गरेको छ । तरहरा जेसीज स्थापनाको २५ औँ वर्षमा प्रवेश गरेको हो ।
उक्त अवसर पारेर सोमबार जेसीज सचिवालयमा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरिएको छ ।
नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष जीवन कार्कीको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा तरहरा जेसीज बोर्ड अफ ट्रष्टिजका अध्यक्ष मोहन दाहाल, जेसीजका पूर्व अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सामाजिक तथा अन्य संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
तरहरा जेसीज २०२३ का अध्यक्ष बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्रित अतिथिहरूले नयाँ वर्ष २०८० को शुभकामना दिएका थिए । साथै, उक्त अवसर पारेर वर्ष २०२३ को क्यालेन्डर समेत विमोचन गरिएको थियो ।
जेसीजका अध्यक्ष तामाङले यस वर्ष तरहरा जेसीज स्थापना भएको २५ वर्ष पुगेकाले वर्षभरी नै ‘सिल्भर जुब्ली’ वर्ष मनाइने बताए ।
उनले भने, ‘हामी यस वर्ष २५ औँ वर्षमा रहेकाले वर्षभरी नै खुशी र हर्षसहित समाजमा विभिन्न सकारात्मक कार्यक्रम आयोजना गर्नेछौँ ।’
कार्यक्रममा तरहरा जेसीजका कार्यकारिणी उपाध्यक्ष विवेक विवश रेग्मीले स्वागत मंतव्य राख्दै यस वर्ष तालिममार्फत जेसीज सदस्यहरूको फेलोसिप बढाउने बताए ।
कार्यक्रममा तालिम संयोजक सुरज तामाङले धन्यवाद मंतव्य राखेका थिए भने महासचिव चेवन खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए ।














Discussion about this post