इटहरी : नेपाल दूरसञ्चार प्राधिकरणले इटहरीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, प्राधिकरणका उपनिर्देशक सुन्दर प्याकुरेल, विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली, इलाका प्रहरीले कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्ले, होटल व्यवसायी संघ इटहरीका कार्यबाहक अध्यक्ष जयप्रकाश उपाध्याय लगायले बोलेका थिए ।
उनीहरूले इन्टरनेटको सेवा भरपर्दो बनाउनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा अनुमतिपत्रका शर्तहरूका सम्बन्धमा सरोकारवालाबीच छलफल सेवाको अनुमतिपत्र प्राप्त, सेवा प्रदायकहरुले अनुमतिपत्रका शर्तहरू, दूरसचार सम्बन्धमा भएका कानूनी व्यवस्था लगायत तोकिएको मापदण्ड बमोजिम सेवा प्रदान गर्नुपर्ने तथा उपभोक्ताको हकहितको संरक्षण गर्ने कसरी गर्ने भन्नेबारे चर्चा गरिएको थियो ।
इन्टरनेट सेवा प्रदायकहरुसँग भएको अनुमतिपत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सूचना प्रविधि विज्ञ अमोद पुडासैनीले कार्यपत्र प्रस्तुत गरेका थिए।
सेवाग्राही सहभागीबाट भने सेवा प्रदायकहरूले समयमा गुनासो सुनुवाई नभएको कुरा उठान गरे ।














Discussion about this post