पाँचथर : पाँचथरको फालेलुङ ६ का शान्तकुमार राईले आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएपछि आत्महत्या गरेका छन् ।
५७ वर्षीय राईले ५६ वर्षीय श्रीमती बिमरानीलाई खुकुरी प्रहार गरेर घाइते बनाएपछि नजिकैको जंगलमा गएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार सान्तकुमारकी आमाको बैशाख १३ गते निधन भएको थियो ।
आमाको निधन पछि मूलघरमा आमाको किरिया गर्न बसेका राईले पिसाब फेर्न जाने बहाना बनाएर आफ्नो घर गई श्रीमतीलाई बिहीबार अपराह्न खुकुरी प्रहार गरेका थिए ।
पिसाब फेर्न गएका शान्तकुमार घर नफर्केपछि श्रीमतीलाई रगतपक्षे भेटेका स्थानीयले सोधपुछ गर्दा बिमरानीले श्रीमानले खुकुरी प्रहार गरेको बताएकी थिइन् । त्यसपछि खोजी गर्दै जाादा घर नजिकै रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post