Monday, May 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

हिक्मत कार्की भन्छन्, कोसी प्रदेशको पुनः नामाकरण सम्भव छैन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८०
in समाचार
0
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त
86
SHARES
Share on FacebookShare on Twitter

मोरङ : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पुनःनामाकरण असम्भव रहेको बताएका छन् ।

मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ साधारणसभामा उनले भने, “नेपाल बहुजातिय, बहुभाषियक, बहुसम्रदायिक, बहुविविधता र प्राकृतिक विविधतालाई मान्ने मुलुक भएका कारण फागुन १७ गतेको प्रदेशसभामा उपस्थित ९१ प्रतिशत सभासदले प्राकृतिक विविधतालाई आधार मानेर कोशी प्रदेश नामाकरण गरिएको हो । अब पुनः प्रदेशको नामाकरण सम्भव छैन ।”

विगतको पाँच वर्ष प्रदेशको नामाकरण हुन नसक्दा जनस्तरबाटै प्रदेश सरकार आलोचित भएको स्मरण गर्दै कार्कीले थप भने, “प्रदेश सरकार निर्माण गर्न समर्थन गरेका सबै राजनैतिक दलको समर्थनमा नामाकरण टुङ्गोमा पु¥याइएको हो । पछिल्लो समय केही व्यक्ति र केही संस्थाले एमालेलाई लक्षित गरी आक्रमण गर्ने प्रवृत्ति बढ्दै गएको छ । हिंसात्मक आन्दोलन गर्ने कसैलाई छुट छैन यसप्रति कोशी प्रदेश सरकार सचेत छ ।”

मुख्यमन्त्री कार्कीले ‘कोशी प्रदेश’ निश्चित सम्प्रदाय, धर्म, पहिचान र जातिभाषाको रुपमा नभएर नेपालकै सबैभन्दा ठूलो प्राकृतिक सम्पदा कोशी नदीको नाम भएको स्पष्ट पारे ।

उनले भने, “यो प्रदेशको नाम सम्पदाका आधारमा राखिएको हो, अन्य ठाउँमा प्राकृतिक सम्पदा र भूगोलको आधारमा नामाकरण हुँदा हुने हाम्रोमा किन नहुने ?”

मुख्यमन्त्री कार्की कार्यक्रममा सहभागी हुने खबर आन्दोलनरत पहिचानवादीले उनीविरुद्ध नाराबाजी गरेका थिए ।

आन्दोलनरत पक्षधरले कार्कीको विरोध गर्दै पूर्वपश्चिम राजमार्गको मङ्गलबारेमा केही बेर सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

उनीहरुले सडकमा प्रदर्शन गर्न थालेपछि मुख्यमन्त्री कार्की अर्को बाटो भएर विराटनगर फर्किएका थिए ।

Tags: #राससकोसी प्रदेशहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’
भिजिट नेपाल

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

by रासस
बैशाख २०, २०८३
0

खोटाङ : नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् ।...

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ
FEATURE BREAKING

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार विराटनगर विमानस्थलबाट...

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

बैशाख २०, २०८३
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

बैशाख २०, २०८३
दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1546 shares
    Share 618 Tweet 387
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    618 shares
    Share 247 Tweet 155
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    388 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.