सोलुखुम्बु : सगरमाथा आरोहणका लागि आएकी एक भारतीय महिलाको लेक लागेर मृत्यु गएको छ ।
लेक लागेर ५९ वर्षीया सुजान लियोपोल्डिना ज्युसको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
सोलुखुम्बु प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार सगरमाथा आधार शिविरमा लेक लागेर बिरामी भएपछि ज्युसलाई हिजो बुधवार हेलिकप्टरमार्फत् लुक्ला ल्याइएको थियो ।
ज्युसको लुक्लाको पासाङ ल्हामु निकोल निक्किल अस्पतालमा उपचारका क्रममा आज (बिहीबार) बिहान ६ बजे ज्यान गएको हो ।



















Discussion about this post