Thursday, October 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एभरेष्ट बैंक इटहरी : अनलाइन जुवामा पैसा हारेपछि यसरी बन्यो ठगीको योजना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०८०
in समाचार
0
एभरेष्ट बैंक इटहरी : अनलाइन जुवामा पैसा हारेपछि यसरी बन्यो ठगीको योजना
158
SHARES
Share on FacebookShare on Twitter

इटहरी : एभरेष्ट बैंक इटहरीबाटै निक्षेपकर्ता सर्वसाधारणको रकम चोर्ने मुख्य योजनाकार एभरेष्ट बैंक उदयपुरका शाखाका अपरेशन मेनेजर नीरज प्रधान रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

एभरेष्ट बैंक इटहरी शाखाबाट ३३ जना निक्षेपकर्ताको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ गायब भएको उजुरी प्रहरीसमक्ष पुगेको थियो । त्यही उजुरीको आधारमा प्रहरीले २०७९ चैत १२ गते मेनेजर प्रधानलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि घटनामा संगठित गिरोह नै लागेको खुलेको थियो ।

प्रहरीका अनुसार हालसम्म धनुषाका शंकर भुजेलको व्यक्तिगत खातामा ८ लाख र अजय खिउजूको खातामा ११ लाख पुगेको देखिएको छ । सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी राजकुमार राईका अनुसार जुवाको लतमा लागेका प्रधान हार्न थालेपछि बैंक ठगीमा लागेका हुन् । उनी विदेशी एपमा जोडिएर जुवा खेल्ने, सट्टेबाजी गर्ने गर्दथे ।

‘कमाएको पैसाले जुवा खेल्न अपुग भएपछि उनी बैंक ठगीमा लागेको देखिएको छ,’ डिएसपी राईले भने, ‘बैंकको अपचलन गरेको रकम अनलाइन जुवा, सट्टेबाजी खेल र मोजमस्तीमा उडाएको बयानको क्रममा बताएका छन् । कति रकम जुवामा सके त्यो खुलीसकेको छैन । अहिले अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेका कुन कर्मचारीले कति बैंकको अपचलन गरे त्यो पनि खुलिसकेको छैन । बयान अझै जारी रहेको राईले बताए । ‘पक्राउ परेका प्रधानसहित सबैको बयान लिने क्रम चलिरहेको छ,’ उनले भने, ‘अनुसन्धानपछि कुन कर्मचारीले कति रकम अपचलन गरे त्यो पनि खुलाउनेछौं ।’

प्रहरीले प्रधानले जुवा खेल्ने एपको विषयमा पनि अनुसन्धान गरेको थियो । तर, उक्त एप विदेशबाट संचालन हुने भएकोले जुवाजन्य खेलमा को कहाँ जोडिए भन्ने खुल्न नसकेको राईले बताए ।

प्रहरीले प्रधानसहित बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे ८ घर भएका ४२ वर्षीय विश्वराज शाक्यसहित नौ जनाको मिलेमतो रहेको जनाएको छ ।

बैंक ठगी प्रकरणमा हालसम्म पक्राउ पर्नेमा एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर धावा लामा, बैंकका कनिष्ठ सहायकहरु मनोज घिमिरे, देवराज शर्मा, रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर पवित्रा कटुवाल रहेका छन् ।

त्यस्तै, धनुषाको मिथिला नगरपालिका ११ का शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका २ का अजय खिउजू पनि पक्राउ परिसकेका छन् । प्रहरीले गत शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।

पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट ५९ पटक कनेक्ट आईपीएस र नक्कली चेकबुक प्रयोग गरेर १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको अनुसन्धानबाट खुलेको डीएसपी राईले बताए ।

ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरी गरी र नक्कली चेक बनाएर रकम झिक्ने गिरोहका नाइके प्रधान इटहरीबाट पछि गाइघाट शाखाका अपरेशन इञ्चार्ज भएर गएका थिए । उनी उदयपुर गएपछि पनि इटहरी शाखाबाट रकम अपचलन भएपछि थप कर्मचारी पक्राउ परेको प्रहरीले जनाएको छ ।

इटहरी शाखामा कार्यरत प्रधानको गत मार्च १२ तारिकमा गाइघाट सरुवा भएको थियो ।

उनको योजनामा गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ । त्यस्तै, नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ ।

रातोपाटीको सहयोगमा ।

Tags: #ठगीबैंक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विनोद कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित...

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते
विविध

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन् । इटहरी–धरान सडकखण्डअन्तर्गत आर्मी...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

कार्तिक ११, २०८३
इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

कार्तिक ११, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    314 shares
    Share 126 Tweet 79
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.