Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एभरेष्ट बैंक इटहरी : अनलाइन जुवामा पैसा हारेपछि यसरी बन्यो ठगीको योजना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०८०
in समाचार
0
एभरेष्ट बैंक इटहरी : अनलाइन जुवामा पैसा हारेपछि यसरी बन्यो ठगीको योजना
158
SHARES
Share on FacebookShare on Twitter

इटहरी : एभरेष्ट बैंक इटहरीबाटै निक्षेपकर्ता सर्वसाधारणको रकम चोर्ने मुख्य योजनाकार एभरेष्ट बैंक उदयपुरका शाखाका अपरेशन मेनेजर नीरज प्रधान रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

एभरेष्ट बैंक इटहरी शाखाबाट ३३ जना निक्षेपकर्ताको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ गायब भएको उजुरी प्रहरीसमक्ष पुगेको थियो । त्यही उजुरीको आधारमा प्रहरीले २०७९ चैत १२ गते मेनेजर प्रधानलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि घटनामा संगठित गिरोह नै लागेको खुलेको थियो ।

प्रहरीका अनुसार हालसम्म धनुषाका शंकर भुजेलको व्यक्तिगत खातामा ८ लाख र अजय खिउजूको खातामा ११ लाख पुगेको देखिएको छ । सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी राजकुमार राईका अनुसार जुवाको लतमा लागेका प्रधान हार्न थालेपछि बैंक ठगीमा लागेका हुन् । उनी विदेशी एपमा जोडिएर जुवा खेल्ने, सट्टेबाजी गर्ने गर्दथे ।

‘कमाएको पैसाले जुवा खेल्न अपुग भएपछि उनी बैंक ठगीमा लागेको देखिएको छ,’ डिएसपी राईले भने, ‘बैंकको अपचलन गरेको रकम अनलाइन जुवा, सट्टेबाजी खेल र मोजमस्तीमा उडाएको बयानको क्रममा बताएका छन् । कति रकम जुवामा सके त्यो खुलीसकेको छैन । अहिले अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेका कुन कर्मचारीले कति बैंकको अपचलन गरे त्यो पनि खुलिसकेको छैन । बयान अझै जारी रहेको राईले बताए । ‘पक्राउ परेका प्रधानसहित सबैको बयान लिने क्रम चलिरहेको छ,’ उनले भने, ‘अनुसन्धानपछि कुन कर्मचारीले कति रकम अपचलन गरे त्यो पनि खुलाउनेछौं ।’

प्रहरीले प्रधानले जुवा खेल्ने एपको विषयमा पनि अनुसन्धान गरेको थियो । तर, उक्त एप विदेशबाट संचालन हुने भएकोले जुवाजन्य खेलमा को कहाँ जोडिए भन्ने खुल्न नसकेको राईले बताए ।

प्रहरीले प्रधानसहित बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे ८ घर भएका ४२ वर्षीय विश्वराज शाक्यसहित नौ जनाको मिलेमतो रहेको जनाएको छ ।

बैंक ठगी प्रकरणमा हालसम्म पक्राउ पर्नेमा एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर धावा लामा, बैंकका कनिष्ठ सहायकहरु मनोज घिमिरे, देवराज शर्मा, रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर पवित्रा कटुवाल रहेका छन् ।

त्यस्तै, धनुषाको मिथिला नगरपालिका ११ का शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका २ का अजय खिउजू पनि पक्राउ परिसकेका छन् । प्रहरीले गत शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।

पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट ५९ पटक कनेक्ट आईपीएस र नक्कली चेकबुक प्रयोग गरेर १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको अनुसन्धानबाट खुलेको डीएसपी राईले बताए ।

ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरी गरी र नक्कली चेक बनाएर रकम झिक्ने गिरोहका नाइके प्रधान इटहरीबाट पछि गाइघाट शाखाका अपरेशन इञ्चार्ज भएर गएका थिए । उनी उदयपुर गएपछि पनि इटहरी शाखाबाट रकम अपचलन भएपछि थप कर्मचारी पक्राउ परेको प्रहरीले जनाएको छ ।

इटहरी शाखामा कार्यरत प्रधानको गत मार्च १२ तारिकमा गाइघाट सरुवा भएको थियो ।

उनको योजनामा गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ । त्यस्तै, नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ ।

रातोपाटीको सहयोगमा ।

Tags: #ठगीबैंक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ
विविध

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

इटहरी : रसुवाको भोटेकोशी क्षेत्रमा भएको भीषण विपत्तिमा दिवंगत भएकाहरूको चिरशान्तिको कामना तथा बेपत्ता भएकाहरूको सकुशल खोजीका लागि सुनसरीका विभिन्न...

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा
FEATURE BREAKING

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

by अर्जुन उप्रेती
भदौ २२, २०८३
0

इटहरी : शिखर चुम्ने सपना पछाउँदै गर्दा आधार शिविरमै ज्यान गुमाउन पुगे टाशी शेर्पाले । टेन्टमा सुतिरहेकै अवस्थामा उनको मृत्यु...

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३
प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.