विराटनगर : अनिश्चितकालका लागि स्थगित भएको कोसी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बस्ने भएको छ।
मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएपछि जेठ २३ देखि अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको थियो । जेठ २४ मा नीति तथा कार्यक्रम सदनमा पेश हुने तयारी थियो ।
सदन स्थगनमा गएपछि नीति कार्यक्रम पेश भएको छैन ।
सरकार अल्पमतमा परेर सदन स्थगित भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ।
यहीबेला सभामुख बाबुराम गौतमले ससद बैठक बोलाएका छन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका हुन् ।














Discussion about this post