झापा : झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
हात्ती आक्रमणमा भद्रपुर नगरपालिका ७ का ५३ वर्षीय गिरेन कर्मकारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार मंगलबार बिहान ४ बजेतिर हल्दिबारी गाउँपालिका २ स्थित देउनियाँ खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगानछेउ कर्मकार च्याउ टिप्न गएका थिए ।
सोही चिया बगानमा रहेका हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा मृत्यु भएको रिजालले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post