झापा : झापाको मेचिनगर नगरपालिका १० स्थित जंगली हात्तीको आक्रमणबाट एक जना वृद्ध महिलाको मृत्यु भएको छ ।
भारत सिलिगुडि घर भई हाल बैजनाथ साह संगै बस्दै आएकी ८० वर्षीया पानालाल देवि साह आज बिहान माहानन्द चोकमा फूल टिप्ने क्रममा मागुरमाडी जंगलबाट जंगली हात्ती आई निज महिलालाई कुल्चिएर मारेको भन्ने खबर प्राप्त भएसगै इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट प्रहरीको टोली गएर सम्पुर्ण कानुनी प्रकृया पश्चात शवलाई पोष्टमाटमको लागि भद्रपुर अस्पताल पठाईएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post