उदयपुर : उदयपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको त्रियुगा नगरपालिका ४ बगाहा स्थायी घर भएका ४० वर्षीय कैलाश भन्ने वुराज राईको करेन्ट लागेर बुधबार (आज) दिउँसो मृत्यु भएको हो।
त्रियुगा नगरपालिका ४ कै फर्सेटस्थित सडक विद्युत मर्मत गर्न खम्बा (पोल)मा चढेका बेला करेन्ट लागेर गम्भीर गम्भीर घाईते भएका उनको उपचार गर्न अस्पताल ल्याइपुर्याउँदा मृत्यु भएको हो।
त्रियुगा नगरपालिकाको सडक विद्युतसम्बन्धी करारमा इलेक्ट्रीसियनका रुपमा कार्यरत राई अर्का इलेक्ट्रीसियन भुवन श्रेष्ठसँगै विद्युत मर्मत गर्न जाँदा करेन्ट लागेर घाइते भएका थिए।
मृतकको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post