विराटनगर : विराटनगर महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्ने भएको छ ।
केही दिनभित्रमा महानगरपालिकाले सञ्चालन सम्बन्धी कार्यविधि पारित गर्ने र यहाँका सर्वसाधारण नागरिकहरूले निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्ने महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ।
एम्बुलेन्स र शव बहानको व्यवस्था नहुँदा ज्येष्ठ नागरिक, अपाङ्गता भएका, सुत्केरी तथा गर्भवती महिला, आर्थिक अवस्था कमजोर भएका नागरिकलाई समस्या भएको निष्कर्षसहित महानगरले शव बहान र एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो ।
जिपिएसजडित एम्बुलेन्स सञ्चालनमा आउने बित्तिकै रातो र निलो परिचय पत्र प्राप्त अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, सुत्केरी महिला, ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिइने महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन् ।
‘महिला बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी अभियान चलाउन लागिएको हो, उनले भनिन्, ‘महानगरले चाँडै अति विपन्न परिचय पत्र बनाउने र त्यसको आधारमा आर्थिक अवस्था कमजोर भएकाहरूलाई पनि निःशुल्क सेवा दिइनेछ ।’














Discussion about this post