Thursday, August 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विपदमा कोसी : एक वर्षमा ५७ जनाले गुमाए ज्यान, साढे ६ अर्बभन्दा धेरैको क्षति

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २०, २०८०
in समाचार
0
90
SHARES
Share on FacebookShare on Twitter

झापा : बाढी पहिरो, चट्याङ, आगलागी, जंगली जनवार, हावाहुरी जस्ता विपदका कारण कोसी प्रदेशमा एक वर्षभित्र ५७ जनाले ज्यान गुमाएका छन् भने अरबौं रुपैयाँको क्षति भएको छ ।

आर्थिक वर्ष २०७९।०८० मा कोसी प्रदेशका १४ जिल्लामा बिपदजन्य घटनाका कारण ५७ जनाले ज्यान गुमाएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजेशनाथ वास्तोलाले बताए ।

विपद्जन्य घटनाका कारण अघिल्लो आर्थिक वर्ष २०७८।०७९ मा ३४ जनाले ज्यान गुमाएका थिए । तर, आर्थिक वर्ष २०७९।०८० मा यो संख्या बढेर ५७ पुगेको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोका कारण कोसी प्रदेशमा २३ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष यो अवधिमा ५ जनाले ज्यान गुमाएका थिए ।

यता चट्याङ्गका कारण आर्थिक वर्ष २०७९।०८० मा ९ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष ६ जनाले ज्यान गुमाएका थिए । आगलागीका कारण आर्थिक वर्ष २०७८।०७९ वर्ष र आर्थिक वर्ष २०७९।०८० भित्र ज्यान गुमाउनेको संख्या ३० रहेको छ । आर्थिक वर्ष २०७८।०७९ र आर्थिक वर्ष २०७९ र०८० मा १५–१५ जनाले ज्यान गुमाएका हुन् ।

हावाहुरीका कारण पछिल्लो दुई वर्षमा कसैले पनि ज्यान नगुमाएता पनि आर्थिक वर्ष २०७७।०७८ मा एक जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

विपद्जन्य घटनामा परी प्रदेशमा रहेक वर्ष अर्बभन्दा बढी रुपैयाँको क्षति हुने गरेको पाइएको छ । आर्थिक वर्ष २०७९ र०८० मा मात्रै बाढी पहिरोका कारण पाँच अर्ब ३४ करोड, ७१ लाख, २५ हजार ४ सय रुपैयाँ बराबरको क्षति भएको हो ।

अघिल्लो आर्थिक वर्ष सो अवधिमा एक अर्ब ८० करोड ६५ लाख ६४ हजार १ सय ७० रुपैयाँ बरावरको क्षति भएको थियो । तर, आर्थिक वर्ष २०७९।०८० मा बाढीजन्य विपद्का कारण झण्डै पाँच गुणा बढी धनमालको क्षति भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Tags: कोसी प्रदेशक्षतिविपद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
विविध

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २०, २०८३
0

इटहरी : सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–५ जनता...

विविध

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

by रासस
साउन २०, २०८३
0

झापा : झापाको मेचीनगर नगरपालिका-७ को एक घरबाट प्रहरीले करिब रु २५ लाख मूल्य बराबरको भन्सार छलीका अवैध सामान बरामद...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

साउन २०, २०८३
पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

साउन २०, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सार्वजनिक स्थानका जातीय तथा धार्मिक झण्डा हटाउन सुनसरी प्रशासनको अपिल

साउन २०, २०८३
सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

साउन २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

साउन २०, २०८३

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

साउन २०, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

साउन २०, २०८३
पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

साउन २०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.