इटहरी : सुनसरीमा सोमबार (आज)देखि दादुरा रुबेला विरुद्धको विशेष खोप अभियान सञ्चालनमा ल्याइएको छ।
विशेष अभियान अन्तरगत सुनसरीमा ६ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो ।
महामारीका रुपमा दादुरा फैलिएका जिल्लामा पुनः खोप लगाउने सरकारी निर्णय बमोजिम सुनसरीमा विशेष खोप अभियान संचालनमा ल्याउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीको बर्जु गाउँपालिका बाहेकका अन्य ११ वटा स्थानीय तहमा सञ्चालन हुनेछ ।
बर्जु गाउँपालिकामा भने फागुन महिनामा महामारीका रुपमा दादुरा फैलिएलगत्तै आकस्मिक खोप अभियान चलाइएकाले विशेष अभियानमा बर्जु बाहेकका अन्य स्थानीय तहमा खोप कार्यक्रम चलाउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिए ।














Discussion about this post