विराटनगर : कोसी प्रदेशसभाको बैठक भदौ १ गते दिउँसो बस्ने भएको छ । असार १५ गतेदेखि स्थगित भएको बैठक भदौ १ गतेका लागि बोलाइएको हो ।
प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सूचना प्रकाशित गर्दै भदौ १ गते प्रदेशसभा बैठक बस्ने जानकारी दिए ।
कोसी प्रदेश मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन) अध्यादेश, २०८० र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक निष्क्रिय बनेको छ ।
प्रदेशसभा पुनः नियमित सञ्चालन हुन नसके संसद्मा दर्ता भएको बजेटसम्बन्धी अध्यादेश निष्क्रिय हुने सम्भावना छ ।















Discussion about this post