पाँचथर : जिल्ला प्रहरी कार्यालय पाँचथरले कीर्ते नागरिकताका दोषी र बलात्कार आरोपीलाई पक्राउ गरेको छ ।
कीर्ते नागरिकताका दोषी फिदिम नगरपालिका १४, का मेखबहादुर राई र बलात्कारका आरोपी मिक्लाजुङ गाउँपालिकाका ५० वर्षीय गंगा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीलनजङ्ग थापाकाअनुसार सर्वोच्च अदालतको मिति २०७९ भदौ १६ गतेको फैसलाले मेखबहादुरलाई कीर्ते नागरिकतामा दोषी ठहर गरेको प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई मंगलबार नै जिल्ला अदालत पाँचथरमा पेस गरी अदालतको पत्रादेशले जिल्ला कारागार पाँचथरमा बुझाइएको जनाइएको छ ।
अदालतको फैसलामा मेखबहादुरले एक वर्ष कैद र २० हजार रुपियाँ जरिवाना सजाय भुक्तान गर्नुपर्ने तोकिएको छ ।
यस्तै, बलात्कार आरोपी गंगा राईलाई अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धानका लागि कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
फरक क्षमता भएकी बालिकालाई गंगाले गत साउन २९ गते साँझ जबरजस्ती करणी गरेको आरोप छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post