Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगर : सरकारी फार्मेसीमा चार गुणा बढीसम्म शुल्क लिएको पाइयो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १३, २०८०
in समाचार
0
विराटनगर : सरकारी फार्मेसीमा चार गुणा बढीसम्म शुल्क लिएको पाइयो
102
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : स्वास्थ्य बिमा अन्तर्गतको औषधी खरिद गर्दा बिरामीहरू ठगिने गरेको पाइएको छ । बिरामीलाई बिमाबाट औषधी उपलब्ध गराउँदा बजार मूल्यभन्दा चार गुणा बढीसम्म रकम लिइएको हो ।

स्वास्थ्य बिमा बोर्डले एक हजार एक सयभन्दा धेरै औषधी सूचीकृत गरी स्वास्थ्य बिमा सेवा अन्तर्गत बिरामीलाई उपलब्ध गराउँदै आएको छ । त्यसरी उपलब्ध गराउने कतिपय औषधीको बजार मूल्य र बिमा मार्फत भुक्तानी हुने मूल्यमा ठुलो अन्तर भेटिएपछि सर्वसाधारण ठगीमा परिरहेका खुलेको हो ।

केही दिनअघि कोशी अस्पतालमा उपचारका लागि गएका एक जना बिरामीबाट अस्पतालकै फार्मेसीले दुई हजार तीन सय रुपियाँमा पाइने औषधी बिमा सुविधाबाट बिक्री गर्दा १० हजार रुपियाँभन्दा बढी लिएको भेटिएको थियो ।

स्वास्थ्य उपचारका लागि कोशी अस्पतालमा भर्ना हुनुभएका तेह्रथुम जिल्लाका एक जना शिक्षकले अस्पतालको फार्मेसीबाट खरिद गरेको औषधी बजार मूल्यभन्दा निकै महँगो भएपछि त्यस विषयमा सोधखोज गर्दा सर्वसाधारण ठगीमा परिरहेको खुलेको थियो ।

क्यान्सर रोगको उपचार गराइरहनुभएका शिक्षकले विराटनगरको रङ्गेली रोडमा रहेको शान्ति फार्मेसी एन्ड एडभान्स डेन्टल केयरबाट साउन ९ गते जालोप्लट (सय मिलिग्राम) नामक इन्जेक्सन प्रतिगोटा छ हजार ९६० रुपियाँका दरले किनेर प्रयोग गर्नुभएको थियो ।

त्यसको ठिक एक महिनापछि उहाँलाई पुनः सोही औषधी आवश्यक प-यो । कोशी अस्पतालमा भर्ना भएर स्वास्थ्य बिमा सुविधा उपयोग गर्ने क्रममा भदौ ५ गते उहाँले अस्पतालको फार्मेसीबाट उक्त इन्जेक्सन खरिद गर्नुभयो ।

फार्मेसीले बिमितको खाताबाट दुई थान इन्जेक्सनको २० हजार ५९० रुपियाँको बिल दियो । फार्मेसीले उक्त इन्जेक्सन १० हजार २९५ रुपियाँका दरले बिक्री गरेको थियो ।

बाहिरको फार्मेसीमा एक महिनाअघि तिरेको मूल्यभन्दा धेरै नै बढी रकम अस्पतालको फार्मेसीले लिएपछि उहाँले औषधीमा ठगी भएको आशङ्का लागेपछि लगतै थप दुई थान इन्जेक्सन नगदमा खरिद गर्न सोही फार्मेसीमा पठाउनुभएको थियो ।

फार्मेसीले उक्त इन्जेक्सन दुई हजार १९६ रुपियाँका दरले उपलब्ध गरायो । उहाँले दुई थान जालोप्लट (सय एमजी) का लागि चार हजार ३९२ रुपियाँ भुक्तानी गर्नुभयो । क्यान्सरका बिरामीको जीवनदायिनी औषधीमा व्यापक घोटाला भइरहेको महसुस गरेर उहाँले अस्पताल प्रशासनलाई त्यस बारेमा जानकारीसमेत गराउनुभएको थियो ।

अस्पतालको फार्मेसीले स्वास्थ्य बिमा बोर्डले निर्धारण गरेको मूल्य अनुसार नै उक्त औषधीको बिल काटेको प्रष्टीकरण दिएको छ । स्वास्थ्य बिमा बोर्डले बिमितलाई उपलब्ध गराउन सूचीकृत गरेको औषधीको मूल्य पनि निर्धारण गरेको छ । त्यसमा जालोप्लट (सय एमजी) को मूल्य १० हजार २९५ नै सूचीकृत भएको फार्मेसीले दाबी गरेको छ ।

कोशी अस्पतालको फार्मेसी सञ्चालक रञ्जन साहले स्वास्थ्य बिमा बोर्डमा औषधी आपूर्ति गर्न आपूर्तिकर्ताले प्रस्ताव गरेको मूल्य बोलपत्रमार्फत सम्झौता भएका कारण उक्त मूल्य सूचीकृत भएको हुनसक्ने जानकारी दिनुभयो ।

स्वास्थ्य बिमा सुविधामा देशभरका सबै अस्पतालका फार्मेसीहरूले यो इन्जेक्सनको एउटै मूल्य लिने उहाँले बताउनुभयो तर बजारमा औषधीको मूल्य फेरबदल भइरहने भएकाले नगदमा बिक्री गर्दा भने खरिद मूल्यमा अधिकतम २० प्रतिशत मुनाफा राखेर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

“बिमा सुविधामा खरिद गर्ने औषधीको छुट्टै मूल्य राखिएको हुन्छ, बजारमा मूल्य तलमाथि भइरहन्छ तर स्वास्थ्य बिमा बोर्डले २०७४ देखि एउटै मूल्य चलाइरहेको छ फेरबदल गरेको छैन, त्यसैले पनि केही फरक परेको हुनसक्छ,” साहले भन्नुभयो ।

तर एउटै फार्मेसीले नगदमा बिक्रि गरेको र बिमाबाट भुक्तानी लिएको औषधीको मूल्यमा चार गुणा फरक पर्नु स्वाभाविक देखिँदैन । फार्मेसी सञ्चालक साहले यो औषधीमा मात्र नभएर अरू थुप्रै औषधीमा यस प्रकारको मूल्यान्तर हुने गरेको जानकारी दिनुभयो । यद्यपि अहिलेसम्म यो इन्जेक्सनमा बाहेक अरूमा गुनासो नआएको उहाँले बताउनुभयो ।

स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले सूचीकृत औषधीमा बोर्डले नै मूल्य निर्धारण गरेको र फार्मेसीहरूले तोकिएभन्दा बढी मूल्य लिन नमिल्ने बताउनुभयो ।

उहाँले कोशी अस्पतालको फार्मेसीबाट बिक्री भएको जालोप्लट नामक इन्जेक्सनको मूल्यमा त्यति धेरै फरक पर्नु स्वाभाविक नदेखिएको र त्यस्तो हुनै नसक्ने प्रतिक्रिया दिनुभयो । यद्यपि उक्त औषधीका बिल उपलब्ध भए त्यस विषयमा अनुसन्धान गर्ने उहाँले बताउनभुयो ।

गोरखापत्रबाट ।

Tags: #विराटनगरफार्मेसीशुल्क
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    345 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    248 shares
    Share 99 Tweet 62
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    238 shares
    Share 95 Tweet 60

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.