इटहरी : सुनसरीको चतरास्थित सप्तकोसी पुलबाट चार दिनदेखि बेपत्ता एक डाक्टर अझै फेला परेका छैनन् ।
भदौ ११ गते बिहानदेखि बेपत्ता झापाको दमक नगरपालिका १ निवासी ३२ वर्षीय डा. प्रज्वल कोइराला अझै फेला नपरेका हुन् ।
मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत उनी सप्तकोसीमा हाम फालेर बेपत्ता भएको प्रहरीको आशङ्का छ ।
पुल छेउमा प्रदेश १–०२–००२ च ४१६६ नम्बरको जीप छाडेर बेपत्ता उनलाई सुरक्षाकर्मीको गोताखोर टोलीले केही दिनयता सप्तकोसीमा खोजी गरेको थियो ।
नेपाल प्रहरीको टोलीले खोजी जारी राखेको छ । परिवारसँग थप सोधपुछ पनि भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post