उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ६ स्थित वडा कार्यालयभित्रै मदिरासहित दर पार्टी आयोजना गरेको पाइएको छ ।
भदौ २७ बेलुका करिब सात बजेतिर आयोजना गरिएको पार्टीको फोटो सामाजिक सञ्जालमा बाहिरिएपछि कानून उल्लङ्घन भएको खुलासा भएको हो ।
सामाजिक सञ्जालमा भाइरल भएको फोटोमा पार्टीमा सहभागी कर्मचारी तथा जनप्रतिनिधि महिला तथा पुरुषहरूले मासु, चिउरा, कोका कोलाका साथै मदिराजन्य पेय पदार्थ बियरसमेत राखी आपसमा बाँडेर खाइरहेको देखिन्छ ।
सरकारी कार्यालयमा मदिरा सेवन गर्नु गैरकानूनी काम भए पनि वडा कार्यालयले कानूनको धज्जी उडाउँदै तीजको दरका नाममा कार्यालयमै मदिरा पिएका हुन् ।
वडा कार्यालयमा मदिरा सेवन गरिएको विषयमा पालिकाका मेयर वीरेन्द्रकुमार मगरलाई सोध्दा उनले वडा कार्यालयकै कोठामा मदिरासहित दर खाइएको कुरा स्वीकार गरे ।
यस विषयमा बुझ्न पालिकाका ६ नम्बर वडाध्यक्ष पृथ्वी राईलाई सम्पर्क गर्दा उनले पनि पानी परेका कारण अन्यत्र बस्ने ठाउँ नभएकाले कार्यालयभित्रै दर खाइएको बताए ।












Discussion about this post