खोटाङ : खोटाङ–ऐंसेलुखर्क गाउँपालिका ४ डुम्रेधारापानीका ३३ वर्षीय नवराज आचार्य मृत फेला परेका छन् ।
आचार्य ऐंसेलुखर्क–काठमाडौं रुटका सुमो चालक हुन् । ऐंसेलुखर्कस्थित श्याम राजभण्डारीको घरमा बुधबार बेलुकी साढे ८ बजेतिर खाना खाएर निस्किएका थिए ।
आचार्यको शवको साथमा दुई वटा मुढामध्ये एउटाले हातमा किचिरहेको र मोबाइलको चार्जर फेला परेको प्रहरीले जनाएको छ ।
पोष्टमार्टमपछि विस्तृत जानकारी आउने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता टीकाराज बरालले बताए ।



















Discussion about this post