झापा : झापाबाट बैकिङ कसुर र लागूऔषध मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ का ५६ वर्षीय डमरु दास र दमक नगरपालिका वडा नम्बर १ का ५२ वर्षीय खडानन्द भण्डारी रहेका छन् ।
उच्च अदालत विराटनगर इलाम इजलास र झापा जिल्ला अदालतको विभिन्न मितिमा फैसला भएर फरार भएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतको मिति २०८०।०१।१४ गतेको फैसलाअनुसार लागूऔषध मुद्दामा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना फैसला भइ फरार रहेका डमरु दास र उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०७८।११।२५ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र ६ लाख ४८ हजार रुपैयाँ जरिवाना फैसला भइ फरार रहेका खडानन्द भण्डारी पक्राउ गरी झापा जिल्ला अदालतमा फैसला कार्यान्वयनको लागि उपस्थित गराएको प्रहरीले जनाएको छ ।
अदालतको आदेश अनुसार उनीहरूलाई कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।













Discussion about this post