इटहरी । विश्व आर्दश एकेडेमीमा जारी अन्तर विद्यालय स्तरीय फुटबलको फाइनलमा लर्डबुद्ध एकेडेमीले हिमशिखर एकेडेमीलाई १–० ले हराउँदै विश्व आर्दश स्पोर्टस्को उपाधि हात पारेको छ ।
विजयी विद्यालयलाई राष्ट्रिय खेलकुद परिषद्का निर्वतमान सदस्य सचिव केशव कुमार विष्टले शिल्ड, प्रमाण पत्र र नगद दश हजार प्रदान गरेका थिए । विद्यालयका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य गणेश दुलालले पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा जोड दिने बताए । साथै, उपविजेता हुने हिमशिखर एकेडेमी तरहरालाई नगद ७ हजार सहित शिल्ड प्रदान गरिएको थियो ।
इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ
इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। इटहरी–११ बाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र...











Discussion about this post