दमक : झापाको दमक नगरपालिका १ स्थितमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
असोज २५ गते राति ११ बजे इलाम फाकफोकथुम घर भइ दमक १ मा कोठाभाडामा बस्दै आएका २२ वर्षीय दिनेश सुनुवारले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती २१ वर्षीया सुनिता सुनुवारलाई कुटपिट गर्दा घाइते भएकी सुनिताको उपचारको क्रममा मृत्यु भएको हो ।
दमक अस्पतालमा दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उनको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।
घटनामा संलग्न रहेका सुनुवारलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post