इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।
अन्य दलहरूले विश्वासको मत दिने तयारी गरिरहँदा राप्रपाले भने विपक्षमा मतदान गन जनाएको हो ।
‘हामीले कुनै निर्णय गरेका छैनौं,’ राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने ‘अहिलेसम्म विपक्षमा मतदान गर्नुपर्छ भनेर छलफल भइरहेको छ । भोलि बिहान १० बजे संसदीय दलको बैठक राखेका छौं, त्यसले थप निर्णय गर्छ ।’
प्रदेशसभा सचिवालयले बुधबारका लागि प्रदेशसभा बैठक बोलाएको छ ।














Discussion about this post