Monday, April 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खोटाङमा स्वास्थ्यकर्मी बिरामी भएपछि प्रसूति सेवा अनिश्चित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८०
in समाचार
0
खोटाङमा स्वास्थ्यकर्मी बिरामी भएपछि प्रसूति सेवा अनिश्चित
87
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ ।

जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) आफैँ बिरामी भएर उपचारका लागि काठमाडौँ गएपछि बेहोस बनाएर गरिने प्रसूति सेवा अनिश्चितकालका लागि बन्द भएको हो ।

प्रसूति सेवा बन्द भएको बारेमा अस्पतालले सूचना जारी गरेर जानकारी दिएको छ । असोज ३० गतेदेखि लागू हुनेगरी सार्वजनिक गरिएको सूचनामा भनिएको छ, “अर्को व्यवस्था नभएसम्मका लागि जिल्लामा अस्पताल खोटाङमा डेलिभरी र अप्रेसन सेवा बन्द भएको छ । यसबाट पर्न जाने असुविधाप्रति  अस्पताल परिवार क्षमा चाहन्छौँ ।”

शल्यक्रियाका क्रममा बेहोस गराउने स्वास्थ्यकर्मी उपचारमा गएसँगै अर्को व्यवस्था नभएसम्मका लागि प्रसूति सेवा बन्द गरिएको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा चतुरानन्द यादवले जानकारी दिनुभएको छ ।

“अस्पतालमा कार्यरत एनेस्थेसिया सहायक अस्पताल व्यवस्थापन समितिलाई पूर्व जानकारी गराएर उपचारका लागि काठमाडौँ जानुभएको छ । उपचारमा जानुभएका एनेस्थेसिया सहायक दशैँपछि मात्र उपस्थित हुने कुरा भएको छ”, उहाँले भन्नुभयो, “अर्को एनेस्थेसिया सहायक व्यवस्था गर्ने पहल गरिए पनि सम्भव भएन । उपचार गराएर उहाँ नफर्किएसम्मका लागि बेहोस बनाएर गरिने प्रसूति सेवा बन्द गर्ने निर्णय गरिएको हो ।”

जिल्ला अस्पतालमा एनेस्थेसियाको वैकल्पिक व्यवस्था नगर्दा बेहोस बनाएर गर्नुपर्ने प्रसूतिका बिरामी चर्को शुल्कमा हेलिकोप्टर चार्टर गरेर जिल्ला बाहिर जान बाध्य बनेका छन् । विसं २०४९ वैशाख १ गते स्थापना गरिएको अस्पतालमा हालसम्म एनेस्थेसिया सहायकको दरबन्दी छैन ।

जिल्ला अस्पताल स्थापनाको ३१ वर्ष पुग्दा उपचारका क्रममा बेहोस गराउने स्वास्थ्यकर्मीको एउटा दरबन्दी ल्याउन नसकेको भन्दै जिल्लाका नेतृत्वको आलोचना हुने गरेको छ । जिल्लाको एकमात्र सरकारी अस्पतालमा निकसाइमन नामक संस्थाले एक जना एनेस्थेसिया सहायक उपलब्ध गराएको हो ।

एनेस्थेसिया सहायक बिरामी हुँदा गत वर्ष पनि बेहोस बनाएर गरिने प्रसूति सेवा महिनाभन्दा बढी बन्द भएको थियो । विसं २०७९ भदौ २६ गतेबाट बन्द भएको सेवा असोज २७ गतेबाट पुनः सञ्चालन गरिएको थियो ।

दश स्थानीय तह रहेको जिल्लाको दिक्तेलमा सञ्चालित जिल्ला अस्पतालको सेवा प्रवाह प्रभावकारी नभएको राष्ट्रिय मानवअधिकार आयोगले समेत औँल्याएको छ । आयोगले गत बुधबार दिक्तेलस्थित आयोगको शाखा कार्यालयमा आयोजना गरेको पत्रकार घेटघाट कार्यक्रममा आयोगका सदस्य मिहिर ठाकुरले अस्पतालको सेवा प्रवाह प्रभावकारी नभएको पाइएको बताउनुभएको हो ।

“अनुगमनका क्रममा जिल्ला अस्पताल खोटाङ पुगेका थियौँ । त्यहाँ पुग्दा जीवनजलसमेत भेटिएन । म आफैँलाई पनि पेटसम्बन्धी समस्या थियो । आकस्मिककक्ष पुगेर जचाउँदा जीवनजलसमेत नरहेको अस्पतालले प्रतिक्रिया दियो”, उहाँले भन्नुभयो, “म आफँैले जीवनजल नपाउने अस्पतालमा सामान्य नागरिकले कसरी सेवा लिइरहेका होलान् भन्ने प्रश्न उब्जिएको छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

अस्पतालको सेवा प्रवाहप्रति सामाजिक सञ्जालमा समेत व्यापक आलोचना भइरहेको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले भने जिल्ला अस्पतालमा भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेकाले प्रभावकारी सेवा प्रवाहमा केही समस्या भएको जनाएको छ ।

लामो समयसम्म १५ शय्यामा सञ्चालन भएको जिल्ला अस्पताल खोटाङमा अहिले स्तरोन्नतिको काम भइरहेको छ । यसअघि शल्यक्रिया तथा बिरामी राखेर उपचार गरिने भवनलगायतका भौतिक संरचना हटाएर त्यस ठाउँमा ५० शय्याको सुविधासम्पन्न भवन निर्माणको काम तीव्रगतिमा भइरहेको पाइएको छ ।

Tags: #खोटाङ#रासस#स्वास्थ्य
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा
FEATURE BREAKING

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०८३
0

इटहरी  : धरान उपमहानगरपालिका-१३ कोशी लोकमार्ग स्थितबाट लागूऔषध गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका
विविध

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

by रासस
बैशाख ६, २०८३
0

इलाम : सूर्योदय नगरपालिका-५ मा पठन संस्कृति विकास गर्न अभियान सुरु गरिएको छ। अभियानमा सात वटा सामुदायिक विद्यालयका २१४ विद्यार्थी...

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

बैशाख ६, २०८३
छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

बैशाख ६, २०८३
इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1299 shares
    Share 520 Tweet 325
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.