Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खोटाङ : श्रमदान अभियानमा सबैभन्दा बढी विदेशमा रहेकाको सहयोग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८०
in समाचार
0
खोटाङ : श्रमदान अभियानमा सबैभन्दा बढी विदेशमा रहेकाको सहयोग
98
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको ‘श्रमदान अभियान-२०८०’ मा वडा नं.११ खार्मीका ९४ जनाले आर्थिक सहयोग गरेका छन् ।

आफ्नो क्षेत्रमा निर्माण गरिएका ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन ‘होस्टेमा हैसे’ गर्न उनीहरूले दुई सयदेखि ३० हजारसम्म सहयोग उपलब्ध गराएका हुन् ।

जिल्लाको उत्तरी क्षेत्र जोड्ने दिक्तेल-खार्दी-बास्पानी-बाक्सिला सडकखण्डको हरेलोडाँडा-खार्मी सडक मर्मतका लागि छ लाख ६२ हजार ४४६ सङ्कलन भएको अभियानका संयोजनकर्ता हर्कराज राईले जानकारी दिनुभयो ।

“जनताले विकास चाहेका छन् । राज्यले पर्याप्तता बजेट उपलब्ध गराउन सकेको छैन । नगरपालिकाले चलाएको श्रमदान अभियानमा हामीले स्थानीयस्तरबाटै भए पनि जनताको चाहनालाई सम्बोधन गर्ने प्रयास गरेका छौँ”, नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला सदस्यसमेत रहनुभएका संयोजनकर्ता राईले भन्नुभयो, “दस दिन सञ्चालन गरिएको श्रमदान अभियानमा खार्मीका जनताले आफ्नो जन्मभूमिप्रति देखाएको माया तथा सद्भावको उच्च सम्मान गर्नैपर्छ । उनीहरूले उपलब्ध गराएको आर्थिक सहयोगले अहिले बाह्रै महिना यातायात सञ्चालन हुनेगरी सडक मर्मत गर्न सफल भएका छौँ ।”

श्रमदान अभियानमा सबैभन्दा बढी खार्मीमा जन्मिएर वैदेशिक राजगारीको सिलसिलमा विभिन्न देश पुगेका स्थानीय बासिन्दा छन् । साबिक खार्मी गाविस-६ निवासी स्वर्गीय सनतकुमार राईको छोरी सविना राई र ज्वाइँ मोहन राईले हङकङबाट सबैभन्दा बढी ३० हजार उपलब्ध गराउनुभयो ।

यस्तै साबिक खार्मी-५ फूलबिसौनाका भागेश्वर पाख्रिनले जापानबाट २२ हजार पाँच, वडा नं.६ का राजकुमार श्रेष्ठले साउदी अरबबाट २० हजार, वडा नं.५ का पुष्पकुमार राईले फ्रान्सबाट २० हजार, वडा नं.६ का रञ्जित राईले साउदी अरबबाट १७ हजार ४७२, सोही वडाका दीपेन्द्र राईले मलेसियाबाट १५ हजार ३३०, वडा नं.९ का कटक राई र खबिराज राईले काठमाडौँबाट २०/२० हजार, वडा नं.८ का रुपा उदासले काठमाडौँबाट १५ हजार, वडा नं.५ का रञ्जना राईले फ्रान्सबाट १४ हजार १३९, वडा नं.५ का श्यामकुमार राईले १२ हजार र सोही ठाउँका रेनुका राईले दुवाईबाट ११ हजार तथा वडा नं.६ का रोशन श्रेष्ठले दक्षिण कोरियाबाट दस हजार नौ सय ९९ र साबिक पाथेका-२ का जगतमणि राईले कतारबाट २० हजार, उपलब्ध गराउनुभएको जनाइएको थियो ।

सो अभियानमा अन्य ३१ स्थानीय बासिन्दाले दस हजारका दरले  सहयोग उपलब्ध गराएको संयोजन कर्ता राईले जानकारी दिनुभयो । आर्थिक सहयोग उपलब्ध गराउनेमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, व्यापारी र पत्रकारसमेत रहेका छन् । गत जेठ-१८ गतेदेखि २८ गतेसम्म दस दिन सञ्चालन गरिएको श्रमदान अभियानमा पाँच सयभन्दा बढीको सहभागिता रहेको थियो । आफ्नो ठाउँमा सञ्चालन भएको श्रमदान अभियनमा स्थानीय बासिन्दाहरू स्वतः स्फूर्तरुपमा कुटो, कोदालो, बेल्चा, झम्पल, गैँतीलगायत घरेलु औजार लिएर काममा सहभागी भएका थिए ।

श्रमदान अभियानका क्रममा ३६ घनमिटर सडक सोलिङ गरिएको थियो भने, साढे पाँच किलोमिटर सडकखण्ड ग्राभेल गरिएको थियो । सतचालिस वटा ट्याक्टरबाट ग्राभेलका लागि आवश्यक रोडा÷ढुङ्गा खार्मी र नेर्पाको सीमानामा पर्ने बगरेभञ्ज्याङबाट ल्याइएको संयोजनकर्ता राईले जानकारी दिनुभएको छ । श्रमदान अभियानमा सहभागी स्थानीय बासिन्दा आफैले खाना तथा खाजाको पनि व्यवस्था गरेका थिए । नगरपालिकाले सञ्चालन गरेको श्रमदान अभियानमा सहभागी हुन नसक्ने स्थानीय बासिन्दाले सहभागी हुनेहरूका लागि स्थानीयस्तरमा उत्पादन हुने आलु, मकै, दही, मही र जाँडसमेत खाजा  उपलब्ध गराएका थिए ।

यो श्रमदान अभियान प्रभावकारी भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिसन राईले जानकारी दिनुभयो । “देश आर्थिक सङ्कटमा फस्दै गएको छ । सानातिना सबै विकासे कामका लागि नगरपालिकाले बजेट उपलब्ध गराउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “जसरी भएपनि नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो । नगरभित्रका सबै ग्रामीण सडकहरू वर्षा सुरु हुने बित्तिकै अवरुद्ध हुने गरेका थिए । ती सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी श्रमदान अभियान सञ्चालन गरिएको हो । यो निरन्तर चलिरहन्छ ।”

श्रमदान अभियानले दसैँ तिहार, छटलगायत चाड मनाउनका लागि आवतजावत गर्न सहज भएको छ । हिउँदको समयमा मात्रै सञ्चालन हुँदै आएको दिक्तेल-खार्मी सडक श्रमदान अभियानमार्फत् मर्मत गरेर बाह्रै महिना सञ्चालनमा आउने बनाइएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । नगरपालिकाको आव्हानमा खार्मीमा सञ्चालन गरिएको श्रमदान अभियानमा आर्थिक सहयोग गर्ने सहयोग दाताको नामावली फ्लेक्समा प्रिन्ट गरेर वडा कार्यालय खार्मी र दुईवटा सार्वजनिकस्थलमा टाँसिएको छ ।

आगामी दिनमा समेत श्रमदान अभियानलाई निरन्तरता दिने योजना रहेको अर्का संयोजनकर्ता एवम् नेपाली काँग्रेस खोटाङ शाखाका सदस्य श्यामकुमार राईले जानकारी दिनुभयो । श्रमदान अभियानका लागि नगरपालिकाले जेसिबी र प्राविधिक सहयोग उपलब्ध गराएको थियो । यसैगरी खार्मीका वडाध्यक्ष इखबहादुर राईको नेतृत्वमा खार्मी-हुर्लुङ सडक मर्मतका लागि समेत श्रमदान अभियान सञ्चालन भइरहेको छ ।

Tags: #खोटाङ#रासस#सहयोगश्रमदान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.