धरान : धरान उपमहानगरपालिका ८ तीनकुने स्थितबाट प्रतिबन्धित औषधिसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट धरानतर्फ आउँदै गरेको प्रदेश नं. १–०२–००१ ख ९६३६ नम्बरको बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार धरान ९ का २० वर्षीय दीप तामाङको साथबाट प्रतिबन्धित औषधि स्पासमो ५ हजार ट्याबलेट फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङमाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post