बराहक्षेत्र : सुनसरीमा प्रतिबन्धित औषधि बिक्री गरिरहेको मेडिकल हल सञ्चालकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय प्रकाशपुरले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १० मा रहेको धीरज मेडिकल हलका सञ्चालक ४५ वर्षीय दीपेन्द्रकुमार गोइत र उनकी श्रीमती ४३ वर्षीया पुनमकुमारी गोइतका साथै उक्त मेडिकल हलमा काम गर्ने इनरुवा नगरपालिका ६ का २९ वर्षीय रामानन्द मेहतालाई पक्राउ गरिएको हो ।
बिक्री गर्न रोक लगाइएको औषधि बेच्ने गरेको विशेष सूचनाको आधारमा पसलमा खानतलासी गर्दा स्पास्पिन १ सय ६७ थान, प्रेगास्टर १ सय ३० र एन्टिकोफ ४७ ट्याब्लेट बरामद गरिएको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी वडा नं. ११ स्थित मधुवन प्रहरी चौकीले पैदल यात्रा गरिरहेका यात्रुलाई शङ्काको आधारमा जाँच गर्दा ३ सय थान ट्रामाडोल ट्याब्लेटसहित वडा नं. १० का २३ वर्षीय ज्ञानु मगर र अर्का ३६ वर्षीय राजु उराँवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका पाँचैजनामाथि थप अनुसन्धानको लागि औषधि व्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।













Discussion about this post