उदयपुर : उदयपुरको कटारी नगरपालिका ६ देउलीकुना स्थितबाट ३८ किलोग्राम गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ घर भइ हाल उदयपुर ताप्ली गाउँपालिका १ का ३२ वर्षीय गणेशबहादुर मगर र ३३ वर्षीय बीरबहादुर मगर रहेका छन् ।
गएराति साढे १ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई १९–१९ किलोग्राम गाँजा बोरामा बोकी कटारी ल्याउँदै गरेको अवस्थामा फेला पारेको थियो ।
पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post