खोटाङ : खोटाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पाका ४३ वर्षीय शम्शेर गुरुङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेर बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने गुरुङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।
पक्राउ परेका गुरुङलाई आइतबार अदालतमा पेस गरी म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।













Discussion about this post