इटहरी : उदयपुरको चौदण्डीगढी नगरपालिका ९ बाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका ६ सुनसरीका ४५ वर्षीय सलिम मियाँ र भारत सुपौलका ४८ वर्षीय प्रमोद गुप्तालाई पक्राउ गरेको हो ।
प्रहरीकाअनुसार को २८ प ४९६८ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई चौदण्डीगढी नगरपालिका ६ भीमा भन्ने स्थानमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ८१ ग्राम ५५० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।













Discussion about this post