Friday, October 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सप्तकोसीमा सशस्त्रले ‘डेमो’ देखाउँदै गर्दा जब डुंगा पल्टियो…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १७, २०८०
in समाचार
0
सप्तकोसीमा सशस्त्रले ‘डेमो’ देखाउँदै गर्दा जब डुंगा पल्टियो…

डुंगा पल्टिएपछि उद्धार गर्न खटिएको सशस्त्र प्रहरीको टोली ।

220
SHARES
Share on FacebookShare on Twitter

इटहरी : शुक्रबार उदयपुरको बेलका नगरपालिकामा पर्ने सप्तकोसी किनारमा सशस्त्र प्रहरी बल नेपाल १ नं. बराह बाहिनीले गोताखोर तालिमको समापन गर्ने कार्यक्रम थियो ।

कार्यक्रम सुरु भएसँगै बाढीमा बगाएको दृश्य देखाउन सुरु गरियो । कार्यक्रमका प्रमुख अतिथिसहित अन्य आमन्त्रितहरू डेमो हेर्न केन्द्रित भए ।

त्यसैबेला ठूलो आवाजसहित नदीमा डुंगा पल्टिएको आवाजसहित कोलाहल भयो । आमन्त्रित मानिसहरू उक्त आवाज र दृश्य पनि डेमो नै भन्ने बुझे । तर, उक्त दृश्य डेमो नभएर सत्य सावित भयो ।

सुनसरीतर्फबाट कार्यक्रमस्थल आउँदै गरेका पत्रकारसहित सशस्त्र प्रहरी चढेको डुंगा नदीमा पल्टियो । तर, डुंगा पल्टिएको केहीबेरमै सशस्त्रको गोताखोर टोलीले सकुशल उद्धार गरेको छ । केही घाइतेहरूलाई भने सशस्त्रले तत्काल उद्धार गरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरी १ नं. बराह बाहिनीले २० जना सशस्त्र प्रहरीलाई गोताखोर तालिममा सहभागी गराएको थियो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा सम्पन्न तालिमको शुक्रबार उदयपुरको बेलका नगरपालिका क्षेत्रमा पर्ने सप्तकोसी किनारमा डेमो प्रस्तुत गर्दै गोताखोर तालिमको समापन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार विपद्को बेला सारथी भएर उभिने तर्क गरे । उनले भने, ‘नदीलाई सदुपयोग गर्दा यसबाट लाभ लिन सकिन्छ, सही सदुपयोग गर्दा नदी जीवन हो । तर, दुरुपयोग गर्दा नदीले ज्यान पनि लिन्छ ।’

खासगरी विपद्को बेला समाजसेवी धारीले पीडित परिवार र बस्तीमा पुगेर चाउचाउ बाड्ने र फोटो खिचाउने प्रचलन रहेकाले त्यसलाई चिर्नका निम्ति प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए । बाढी, पहिरो लगायतबाट ज्यान जान नदिनका लागि विभिन्न निकाय र जिल्लामा रहेका विपद् व्यवस्थापनसँग सहकार्य गरी काम गर्ने उनले बताए ।

‘विपद् हुनसक्ने ठाउँको नक्साकंन गरियोभने पूर्व तयारी गर्न सकिन्छ,’ उनले भने ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलकाअनुसार गत भदौदेखि तालिम सञ्चालन भएको थियो । कूल ३६ दिन भएको तालिममा सहभागीहरुले अब नदीको ७० फिट गहिराईसम्म पुगेर उद्धार गर्न सक्नेछन् । सप्तकोसीको विभिन्न भाग र पोखराको फेवातालमा तालिम सञ्चालन भएको थियो ।

देशभर हुनसक्ने विपद्का घटनामा प्रभावकारी परिचालन गर्ने उदेश्यले जनशक्ति थप गर्नका लागि नेपालमा पहिलोपटक सशस्त्र प्रहरी बल नेपाल १ नं. बराह बाहिनी पकलीले गोताखोर तालिमको अभ्यास गरेको उनले बताए ।

गोताखोर अभ्यास प्रभावकारी भएको उनको भनाइ छ । गोताखोरले अक्सिजनयुक्त विशिष्ट उपकरणसहित स्थिर तथा निश्चित बहावयुक्त पानीभित्र स्थानअनुसार १८० फिट गहिराईसम्म लगातार एक घण्टा खोज तथा उद्धार गर्न सक्ने उनले बताए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले कोसीलाई अवसरको रुपमा लिनुपर्ने बताए ।

‘यो बगिरहेको पानी नभएर पैसा हो, यो पैसालाई हामीले प्रयोग गर्न सक्नुपर्छ,’ उनले धरानमा खानेपानीको अभाव रहेको संकेत गर्र्दै भने, ‘यहाँ पानी बगिरहेको छ, माथितिर खडेरी भइरहेको छ । खडेरीलाई हरियाली बनाउन पनि सप्तकोसीको पानी त्यतातिर पुग्नुपर्छ ।’

कार्यक्रममा गोताखोर तालिममा सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

कार्यक्रममा बेलका नगरपालिकाका मेयर अशोक कार्की, प्रदेश सरकारका सचिव डा. दीपक काफ्ले लगायतले बोल्दै विपद्को समयमा सबै निकायसँग सहकार्य गरी काम गर्ने बताए ।

Tags: सप्तकोसीसशस्त्रसशस्त्र प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन
समाचार

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

by माधव पोख्रेल
कार्तिक १२, २०८३
0

उदयपुर : उदयपुरको बेलका नगरपालिका–९ रामपुर बजारस्थित झण्डाचोकमा बोलेरो गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान ५ः३५...

उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने
समाचार

उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

by माधव पोख्रेल
कार्तिक १२, २०८३
0

उदयपुर : उदयपुरको गाईघाटमा आगामी मंसिर १७ देखि २७ गतेसम्म तेस्रो कोशी प्रदेशस्तरीय महोत्सव आयोजना हुने भएको छ । त्रियुगा...

पहेँलपुर धान

पहेँलपुर धान

कार्तिक १२, २०८३
मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी

मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी

कार्तिक १२, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका सामान बरामद

कार्तिक १२, २०८३
जन्मदिन मनाएर फर्कने क्रममा विराटनगरमा दुर्घटना, पोखरेलको मृत्यु

जन्मदिन मनाएर फर्कने क्रममा विराटनगरमा दुर्घटना, पोखरेलको मृत्यु

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

कार्तिक १२, २०८३
उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

कार्तिक १२, २०८३
पहेँलपुर धान

पहेँलपुर धान

कार्तिक १२, २०८३
मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी

मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी

कार्तिक १२, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    341 shares
    Share 136 Tweet 85
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.