विराटनगर : लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका ४ का २८ वर्षीय आशिषकुमार भगत र भारत अररिया जोगवनीका १२ वर्षीय बालकलाई ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएइको छ ।
पैदल यात्रामा रहेका उनीहरूलाई लागूऔषध ब्यूरोको टोलीले नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट ४.६० ग्राम ब्राउनसुगर फेला परेको थियो ।
यस्तै, लागूऔषध डाइलेक्स डीसी र नाइट्रोसन तथा १२ हजार रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।













Discussion about this post