विराटनगर : विराटनगर महानगरपालिका १६ र ११ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र औषधिसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री विराटनगर ४ का २८ वर्षीय आशिष कुमार भगत र भारत जोगवनीका १२ वर्षीय बालकसमेतको साथबाट ४ ग्राम ६० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
यस्तै, विराटनगर ११ महेन्द्रचौकबाट पथरीशनिश्चरे १० का २१ वर्षीय सुमन राई र आयुष क्षेत्रीको साथबाट डाइजोपाम, लुपिजेशिक, एभिल र नाईट्रोजापाम समेत गरी २० एम्पुल प्रतिबन्धित औषधी बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनिहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post