उदयपुर : उदयपुरको बेलका नगरपालिका ८ स्थितबाट प्रतिबन्धित औषधि सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका चौदण्डीगढी नगरपालिका ३ का २१ वर्षीय सञ्जीव राईको साथबाट प्रतिबन्धित औषधि स्पासपेन ४ सय ६५ पिस र ट्रामाडोल ४ सय ५८ पिस बरामद गरेको हो ।
प्रतिबन्धित औषधिसहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post