झापा : झापाका तीनवटा स्थानीय तहले हरिबोधिनी एकादशी (तुलसी विवाह)का अवसरमा बिहीबार (भोलि) स्थानीय बिदा दिएका छन्।
आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वका अवसरमा भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले हरिबोधिनी एकादशीको दिन स्थानीय बिदा दिएका हुन्।
कचनकवल गाउँपालिकाले भने एकादशी सकिएको भोलिपल्ट बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ।
स्थानीय बिदाका दिन पालिका र पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ।














Discussion about this post