विराटनगर : विराटनगरबाट लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले बुधबार विराटनगर महानगरपालिका १२ का ३४ वर्षीय विजय खतिवडा र धरान उपमहानगरपालिका ५ का ४१ वर्षीय सारक तामाङलाई पक्राउ गरेको हो ।
दुवैजनालाई विराटनगर १६ हुलास चोकबाट दिउँसो २ः४५ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खतिवडा र तामाङको साथबाट एभिल, फेनारगन, लुपिजेसिक र डाइजापाम गरी ३०–३० एम्पुल लागूऔषध बरामद भएको छ ।
दुवैजनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।













Discussion about this post