खोटाङ : खोटाङमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको बराहपोखरी गाउँपालिका ६ घर भएकी ३० महिनाकी आरिमा राईको साकेला गाउँपालिका २ रतन्छास्थित माछापोखरीमा डुबेर मृत्यु भएको हो ।
उनी मामाघर गएको समयमा पोखरीमा डुबेको प्रहरीले जनाएको छ ।
दिउँसो खेल्ने क्रममा घर नजिकैको माछा पोखरीमा डुबेको अवस्थामा भेटिएको बालिकाको उपचारकाका क्रममा साकेला आधारभूत अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



















Discussion about this post