इलाम : इलामको सन्दकपुर गाउँपालिका १ छागे स्थितमा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ ।
बिहिबार साँझ ६ बजे स्थानीय खोलाछागी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक बिद्युत सर्ट भइ करेन्ट लाग्दा स्थानीय २४ वर्षीय सरोज राईको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा २५ वर्षीय विनोद राई, १९ वर्षीय सुदीप राई र २८ वर्षीय मनोज राई सामान्य घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post