Monday, April 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १७, २०८०
in समाचार
0
एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु
158
SHARES
Share on FacebookShare on Twitter

झापा : पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । यसका लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कन गर्ने कार्य सुरु भएको छ ।

जिल्लास्थित जिवन डिभिजन कार्यालयअन्तर्गतका मेचीनगर, कनकाई र दमक सबडिभिजन कार्यालयले सडकका रुखमा टाँचा लगाउने काम थालेको हो । सबडिभिजन कार्यालयले तीन खण्ड छुट्याएर आफ्नो क्षेत्रभित्रको राजमार्गमा रुखमा टाँचा लगाउन सुरु गरेका हुन् ।

एसियाली विकास बैंक (एडिबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइइबी)को लगानीमा निर्माण हुन लागेको चार लेनको एसियाली राजमार्गका लागि रुख कटान गर्न गणना, नम्बरिङ र मूल्याङ्कनको काम सुरु गरिएको वन कार्यालयका अधिकृत ऋषिराज पराजुलीले जानकारी दिए ।

उनले वन विभागबाट प्राप्त भएको पत्रका आधारमा कार्यालय मातहतका सबडिभिजनका कर्मचारीलाई परिचालन गरेर काम गरिरहेको बताए ।

मेचीनगर सबडिभिजन कार्यालयले काँकरभिट्टादेखि चारआलीसम्म, कनकाई कार्यालयले विर्तामोडदेखि कनकाइसम्म र दमक कार्यालयले शिवसताक्षीदेखि दमक नगरपालिकासम्मका रुखमा नम्बरिङ र मूल्याङ्कनको काम गर्ने पराजुलीले जानकारी दिए ।

झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक आसपासमा साल, खयर, सिसौ, सिरिस, पीपल, वर, कदम, मसलालगायत विभिन्न प्रजातिका रुख हुर्किएका छन् । उहाँका अनुसार कोही रुख ५० वर्षभन्दा पुराना छन् भने केही नयाँ पनि छन् ।

‘अब काम सुरु भएको छ,’ अधिकृत पराजुलीले भने, ‘चाँडै नै रुखको तथ्याङ्क सङ्कलन गरेर मूल्याङ्कन पनि गर्छौं ।’ उनले सामुदायिक वन क्षेत्रभित्र पर्ने रुख प्रक्रिया पूरा गरेर सामुदायिक वनलाई नै बिक्रीका लागि हस्तान्तरण गर्ने र बाँकी रहेका रुखलाई मूल्याङ्कनपछि बिक्री गरेर सरकारको राजस्वमा जम्मा गरिने जानकारी दिए ।

एसियाली राजमार्गअन्तर्गत पूर्वी सीमा काँकडभिट्टामा दुई वर्षअघि नै डेढ किलोमिटर भागमा मेची पुल र चार लेनको सडक निर्माण भइसकेको छ । बङ्गलादेशबाट भारतको बागडोग्रा हुँदै पानीट्याङ्की नाकाबाट नेपालतिर सोझिने एसियाली राजमार्गको रुट नं २ अन्तर्गत भारतले मेची नदीमा एसियाली राजमार्गस्तरकै पक्की चार लेनको पुल निर्माण गर्दा नेपालतिरको भागमा पहुँच सडक विस्तार गरेको हो । यही पहुँचमार्गलाई नेपालभित्र एसियाली राजमार्गको पहिलो संरचना मानिन्छ ।

स्थलमार्गबाट एसियाका देशलाई जोडेर व्यापार र पर्यटन प्रवद्र्धन गर्ने मूल उद्देश्य बोकेको यस राजमार्गको अवधारणा हो । थाइल्यान्डको बैंककबाट सुरु हुने रुट–२ अन्तर्गत म्यान्मा, बङ्गलादेश र भारत हुँदै एसियाली राजमार्ग नेपालको काँकडभिट्टाबाट पूर्वपश्चिम राजमार्गमा मिसिन्छ । यो राजमार्ग हालको पूर्वपश्चिम राजमार्ग भएर पश्चिम नेपालको बनबासा हुँदै भारतको दिल्लीतर्फ सोझिने आयोजनाका उपनिर्देशक प्रदीप शाक्यले जानकारी दिए ।

एसियाली राजमार्ग काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५.५ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेको उनले बताए । एसियाली राजमार्गअन्तर्गत सडक तथा पुल निर्माण कार्य निकट भविष्यमै  सुरु गरिने उनको भनाइ थियो ।

Tags: #झापा#राससराजमार्ग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा
FEATURE BREAKING

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०८३
0

इटहरी  : धरान उपमहानगरपालिका-१३ कोशी लोकमार्ग स्थितबाट लागूऔषध गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका
विविध

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

by रासस
बैशाख ६, २०८३
0

इलाम : सूर्योदय नगरपालिका-५ मा पठन संस्कृति विकास गर्न अभियान सुरु गरिएको छ। अभियानमा सात वटा सामुदायिक विद्यालयका २१४ विद्यार्थी...

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

बैशाख ६, २०८३
छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

बैशाख ६, २०८३
इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1299 shares
    Share 520 Tweet 325
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.