इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानवादीले कालो झण्डा देखाएका छन्।
झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागूऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले मंगलबार मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाएका हुन् ।
मुख्यमन्त्री कार्कीविरुद्ध उनीहरूले कोसी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजीसमेत गरेका थिए ।












Discussion about this post