मोरङ : पिकअप भ्यानसहित राजश्व छली गरेको सामानसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङको रतुवामाई नगरपालिका ७ बाट प्र १–०४–००१ च १०८३ नम्बरको पिकअप गाडीमा अवैध रूपमा राजश्व छली गरी ल्याएको चामल नियन्त्रणमा लिएको हो ।
सोना मन्सुली लेखिएको एक सय बोरा चामल र चामल ढुवानी गर्न प्रयोग भएको सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चामल र सवारीसहित ६ लाख १७ हजार ५ सय बराबरको बरामद सामान बरामद भएको प्रहरीले जनाएको छ।
सवारी चालक रङ्गेली नगरपालिका २ का २८ वर्षीय दिनेश साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गाडीसहित पक्राउ परेको सामान र व्यक्तिलाई भन्सार कार्यालय विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।













Discussion about this post