Wednesday, April 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

प्रयोगात्मकसँगै व्यवहारिक शिक्षामा केन्द्रित फुजिसान सगरमाथा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २६, २०८०
in विविध, समाचार
0
प्रयोगात्मकसँगै व्यवहारिक शिक्षामा केन्द्रित फुजिसान सगरमाथा
148
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी १९ मा रहेको फुजिसान सगरमाथा बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत सुम्निमा राई कहिलेकाहीँ घरको काम गर्थिन् ।

घरमा साग, सब्जी केलाउने र खाना बनाउन सघाउने गरेकी उनले यसको उत्पादनबारे भने जानकारी थिइनन् । घरको काम गर्न अभ्यस्त भइनसकेकी उनी विद्यालयमा साथीहरूसँगको सहकार्यमा भने अहिले उत्पादनमासमेत समय दिइरहेकी छन् ।

विद्यालयले आफ्नो पाठमा रहेको र विषयवस्तुमा केन्द्रित रहेर प्रयोगात्मक शिक्षा दिदाँ आफूले थप नयाँ कुरा सिकेको उनले बताइन् ।

‘विद्यालयमा एउटा युनिटी हुन्छ,’ उनले भनिन्, ‘किताबमा पढेकोभन्दा प्राक्टिकल गर्दा धेरै सिक्ने अवसर मिल्यो ।’

उनी प्रतिनिधि पात्र मात्र हुन् । फुजिसान सगरमाथा विद्यालयले अहिले यहाँ अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा जोड दिइरहेको छ । सिजनल उत्पादनमा जोड दिइरहेको विद्यालयले यहाँकै विद्यार्थीहरू नै फिल्डमा खटिरहेका हुन्छन् ।

कक्षा ८ कै समन्था श्रेष्ठ भन्छिन्, ‘हामीले खेतमा बीउ राख्ने, धान रोप्नेदेखि अहिले साग, सब्जी रोप्नेसम्म गरिरहेका छौँ । विज्ञान विषयमा रहेको पाठमा केन्द्रित भएर प्राक्टिकल गरेका हौँ ।’

९ कक्षामा अध्ययनरत आन्सिब राईले घरको कामभन्दा स्कुलमा युनिटी बनाएर गरेको काम व्यवहारिक जीवनमा प्रभावकारी भएको बताए । ‘कहिल्यै नगरेको काम पनि स्कुलमा सिकिन्छ,’ उनले भने, ‘किताबमा पढेर मात्रै भन्दापनि काम गरेर सिकिन्छ । साइन्सको टेक्नोलोजीबारे पनि धेरै ज्ञान भयो ।’

विद्यार्थीहरू आन्सिब, सुम्निमा र समन्था ।

विद्यालयका प्रबन्ध निर्देशक राकेश श्रेष्ठले विद्यार्थीहरूलाई प्रयोगात्मकसँगै व्यवहारिक शिक्षामा फोकस गरिएको बताए ।

‘विद्यार्थीहरूमा प्रयोगशाला होस् भन्ने किसिमबाट यो कार्यक्रम गरेका हौँ,’ उनले भने, ‘हामीले हरेक समयमा सिजनल उत्पादनमा विद्यार्थीलाई केन्द्रित गराएका छौँ । जबकि, किताबमा उल्लेख भएको कुरा प्राक्टिकलमार्फत व्यवहारमा लागू होस् ।’

उनले किताबमा उल्लेख भएको कुरा ज्ञान प्रदान गर्ने उदेश्यले विद्यालयको आफ्नै जमिनमा प्रयोगात्मक भइरहेको बताए ।

अहिले ‘हाउस’ छुट्याएर विद्यार्थीहरूले विद्यालयको डेढ कट्ठा जमिनमा साग, सब्जी, कोपी, धनियाँ, टमाटरलगायतका घरायसी सामग्रीहरू रोपेका छन् । घरमा दैनिक प्रयोग हुने सामाग्री उत्पादनसँगै यसबारे बुझाउन प्रयोगात्मक कुरालाई जोड दिइएको प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।

विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद चौलागाईँले टेक्नोलोजीसँगै प्रयोगात्मक कुरामा अभ्यस्त बनाउन विद्यार्थीका निम्ति उक्त काम गरिरहेको बताए ।

Tags: फुजीसन सगरमाथाराकेश श्रेष्ठविद्यालयशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति
FEATURE BREAKING

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०८३
0

इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णयप्रति असहमति जनाएका छन्। उनले विद्यार्थी संगठनहरू लोकतान्त्रिक आन्दोलन र परिवर्तनहरूमा...

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’
समाचार

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०८३
0

इटहरी : इटहरी–धरान सडकखण्ड अन्तर्गत इटहरी–२० स्थित तरहरा (होम्स) क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि स्थानीयवासीले ‘एकाहा पुराण’ आयोजना गरेका...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा अनलाइन जुवा ‘वान एक्स बेट’ सञ्चालनमा संलग्न १० जना पक्राउ

बैशाख १५, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङका यी तीन स्थानीय तहले आइतबार पठनपाठन सञ्चालन गर्ने

बैशाख १५, २०८३

‘हेल्लो सरकार’मा उजुरी परेपछि झापाबाट म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

बैशाख १५, २०८३
एसिएन हाइवे : पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्त

इटहरीको ‘डाइभर्सन’मा स्कुटर ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु 

बैशाख १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

बैशाख १५, २०८३
इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

बैशाख १५, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा अनलाइन जुवा ‘वान एक्स बेट’ सञ्चालनमा संलग्न १० जना पक्राउ

बैशाख १५, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङका यी तीन स्थानीय तहले आइतबार पठनपाठन सञ्चालन गर्ने

बैशाख १५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1472 shares
    Share 589 Tweet 368
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    645 shares
    Share 258 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.