Wednesday, May 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुर : करुवा व्यवसायीका समस्या बुझ्दै एमाले अध्यक्ष ओली

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २८, २०८०
in समाचार
0
भोजपुर : करुवा व्यवसायीका समस्या बुझ्दै एमाले अध्यक्ष ओली
80
SHARES
Share on FacebookShare on Twitter

टक्सार : भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जिल्ला सदरमुकाममा आयोजित जनभेटघाट कार्यक्रममा भोजपुरको टक्सारमा बनेको करुवा उपहार दिइन् ।

उपप्रमुख शेर्पाले करिब चार महिना लगाएर बनेको छ किलोको करुवा पार्टी अध्यक्ष ओलीलाई दिएकी हुन् ।

करुवा लिँदै खुसी देखिएका अध्यक्ष ओली आजै बिहानै भोजपुरको धातु व्यवसायका लागि चर्चित मानिएको ऐतिहासिक टक्सार बजार पुगे । उनले धातु व्यवसाय सञ्चालनमा देखिएको समस्याका बारेमा समेत जिज्ञासा राखेका थिए । टक्सारबाट धातु व्यवसायी विस्थापित हुने क्रम बढिरहेको अवस्थामा यहाँ केही मात्र व्यवसायीको अहिले बसोबास रहँदै आएको छ ।

उनले टक्सार बजारका पुराना धातु व्यवसायी बुद्धराज शाक्यसँग भेटेर व्यवसायका विषयमा कुरा गरे । शाक्यसँग भेटेपछि अध्यक्ष ओलीले भने, “मैले भोजपुरमा उपहार पाएको करुवा पनि उहाँले नै बनाउनुभएको रहेछ, यस पेशाका समस्याबारे मैले बुद्धराजजीसँग कुरा गरेँ ।”

व्यवसायी शाक्यले कांसका थोत्रा समान पगालेर विभिन्न नयाँ समान बनाउँछन् । करुवा, कलश, कचौरा, गाग्री लगायतका सामान आफूले बनाउँदै आएको उनले बताए ।

देशका पूर्वप्रधानमन्त्री नै आएर व्यवसायका विषयमा चासो राख्दा आफूमा पनि खुसी छाएको शाक्यले बताए । मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट सुरु भएको समृद्धिका लागि संकल्प यात्राका क्रममा भोजपुर आएका ओलीले ऐतिहासिक टक्सार बजारका विषयमा चासो राखेका हुन् ।

टक्सारमा निर्मित करुवा, तामाको भाँडा, गाग्रो, कांसको थाल, लोटा, आमखोरा, अन्टी, ग्लास, कचौरा, डबका नेपाल भित्र मात्र नभएर विदेशमा समेत प्रसिद्ध रहेका छन् । यतिबेला ती बनाउने कालिगढ विस्थापित भएका छन् । ऐतिहासिक कलामा पोख्त कालिगढ पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको छ ।

“कालिगढको अभावसँगै कच्चा पदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन । स्थानीय स्तरमा खानी सञ्चालन नभएकाले तराईबाट आवश्यक कच्चा पदार्थ र कोइला ढुवानी गर्दा महँगो समेत हुने भएकाले पनि टक्सारबाट कालिगढ विस्थापन हुने क्रम बढेको छ”, स्थानीय विमल शाक्यले भने ।

Tags: #केपी ओली#राससकेपी शर्मा ओली
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस
FEATURE BREAKING

सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस

by टाकुरा न्यूज । इटहरी
बैशाख ३०, २०८३
0

धरान : धरानमा सुकुम्बासी अधिकारको पक्षमा आवाज उठाउँदै आएका विभिन्न सङ्घसंस्थाले बुधबार साँझ मशाल जुलुस प्रदर्शन गरेका छन् । नेपाल...

भोजपुरमा किसानको मुख्य समस्या बाँदर
समाचार

‘बाँदर आतंक’ नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा 

by टाकुरा न्यूज । इटहरी
बैशाख ३०, २०८३
0

तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिकाले ‘बाँदर आतंक’ नियन्त्रणका लागि अनौठो निर्णय गर्दै जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने भएको...

नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

बैशाख ३०, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मोरङमा चरेस र झन्डै ८ हजार ट्याब्लेटसहित दुई युवा प्रहरी नियन्त्रणमा

बैशाख ३०, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङ : एसईईमा जनता माविको नतिजा शून्य

बैशाख ३०, २०८३
भारतबाट जोगवनी नाका हुँदै विराटनगर आए ३ सय बढी नागरिक

सीमापार आवतजावत निगरानीमा, जोगबनी नाकाबाट विराटनगर प्रवेश गर्दा ‘आईडी अनिवार्य’

बैशाख ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस

सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस

बैशाख ३०, २०८३
भोजपुरमा किसानको मुख्य समस्या बाँदर

‘बाँदर आतंक’ नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा 

बैशाख ३०, २०८३
नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

बैशाख ३०, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मोरङमा चरेस र झन्डै ८ हजार ट्याब्लेटसहित दुई युवा प्रहरी नियन्त्रणमा

बैशाख ३०, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    508 shares
    Share 203 Tweet 127
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1555 shares
    Share 622 Tweet 389
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.