इटहरी : झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका ७ स्थितमा को १ ह ९७४५ नम्बरको अटोलाई शंका लागेर चेकजाँच गर्दा अटो चालक झापाको दमक नगरपालिका १ बस्ने ३५ वर्षीय प्रकाश श्रेष्ठ, अटोमा सवार २३ वर्षीय अर्जुन लिम्बु र उनकी श्रीमती २७ वर्षीया मनिसा लिम्बू समेतलाई खानतलाशी गरी अटोको डिक्कीमा चेकजाँच गर्दा ५१ ग्राम ब्राउनसुगरसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो ।
यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका ७ हाडेबास स्थितमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा रौतामाई गाउँपालिका ४ मालबासेका ५५ वर्षीय मोटे रोका र २३ वर्षीय नेत्र परियारको साथबाट १६ केजी ३३० ग्राम लागूऔषध गाँजा बरामद गरी उनीहरूलाई पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र गाँजासहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post