Tuesday, June 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापा : लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि………

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ४, २०८०
in समाचार
0
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

सांकेतिक तस्वीर । तस्वीर स्रोत : गुगल ।

132
SHARES
Share on FacebookShare on Twitter

झापा : उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उनले ज्यान जोगाइन्।

पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहादुर न्यौपानेको घर हात्तीले भत्कायो । मधुमेहको बिरामी उनी हरेक बिहान पाँच बज्नु अगावै निन्द्राबाट ब्युँझिन्छन् । उक्त बिहान पनि सबेरै ब्युँझिएका उनी आँगनबाट घरभित्र पसेको केहीबेरमै लुसुक्क छिरेरे हात्तीले घरको पर्खाल भत्काएको थियो ।

हात्ती आफ्नो बाटो लागेपछि मात्र न्यौपाने परिवार घरभित्रबाट बाहिर निस्किएका थिए । गाउँभरि डुलेर हात्तीले स्थानीयको तोरीबारी र आलुबारीमा क्षति पुर्यायो । एक्लै लुसुलुसु आउने जङ्गली हात्तीसँग कसको कुन बेला जम्काभेट हुने हो भनेर गाउँमा त्रास बढेको न्यौपाने बताउछन् ।

गाउँका मानिस घरधन्धा, गोठको काम र विद्यार्थीका लागि सबेरै उठ्ने गर्छन् । ‘मर्निङ वाक’ हिँड्ने चलन पनि गाउँमा छ । तर बिहानीपख लुसुलुसु गाउँ छिर्ने बानी परेका हात्तीका कारण विद्यार्थीको पठनपाठनसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ ।

जिल्लाका अधिकांश स्थानमा कक्षा ११ र १२ का मात्र नभएर स्नातक तहको कक्षा बिहान सञ्चालन हुने गरेको छ । “हाम्रो छोरो झिसमिसेमै साइकल चलाएर सात किलोमिटर टाढा धुलाबारीमा पढ्न जान्छ,” मेचीनगर–१५ सुकुम्वासी बस्तीका दुर्गाबहादुर बुढाथोकी भन्छन्, “बाक्लो हुस्सु लागेको हुन्छ । हात्ती पनि जताततै भेटिन थालेका छन् । कलेज पठाउन पनि डरमर्दो भइसक्यो ।”

झापाका १५ वटै पालिका हात्ती प्रभावित छ । डिभिजन वन कार्यालय झापाले जिल्लाको वन क्षेत्रमा हाल तीन दर्जनभन्दा बढी हात्तीले आश्रय लिइरहेको जनाएको छ । जिल्लाको सबैतिर अभिभावकहरु आफ्ना छोराछोरीलाई बिहानीपख स्कुल–कलेज पठाउन डराउन थालेका छन् ।

बुद्धशान्ति–३ का सीताराम बाँस्तोलाले बस्तीमा दिनहुँ जङ्गली हात्ती पस्ने गरेको बताए । साँझ नपर्दै बस्ती पस्ने हात्तीले मानिसलाई आक्रमण गर्ने, बाली खाएर क्षति पुर्याउने र घर भत्काउने उपद्रो गर्दै आएका छन् । जङ्गली हात्तीबाट जीउधन जोगाउन स्थानीयवासी रातभर जागा बस्ने गरेको बाँस्तोलाले बताए । स्थानीय युवाहरु साँझ पर्ने बित्तिकै हात्तीको गस्तीमा खटिने र रातभर जाग्राम बस्ने गरेको उनले जानकारी दिए।

अभिभावकहरुलाई छोराछोरी हात्तीको लखेटाइमा पर्लान् कि भन्ने चिन्ता थपिएको छ । “जसोतसो रातभर जाग्राम बसेर हात्ती लखेट्छौँ,” उनले भने “स्कुल पठाउँदा समेत चिन्ता हुन थालेको छ । अब घर र सडक कतै पनि सुरक्षित रहेन ।”

आज बिहान कलेज जाँदा हात्तीसँग जम्काभेट भएकी कृतिका उनकी दाजुकी छोरी हुन् । कृतिकासँगै भतिज किरण बाँस्तोला सडकमा कलेज बसको हर्न बज्ने बित्तिकै घरबाट निस्किएको जनाउँदै उनले भनिन्, “चिसोका कारण बाक्लो हुस्सु लागेको थियो । उनीहरु यताउता नहेरी गाडी रहेको सडकतिर उक्लँदै थिए । एक्कासि सडकमा हात्ती आइपुग्यो ।”

दुवै विद्यार्थी विर्तामोडको निधि कलेजमा पढ्छन् । आज भागेर ज्यान जोगाउन सफल उनीहरु भोलिदेखि कलेज कसरी जाने भन्ने कुराले चिन्तित छन् । दिनभर स्थानीय आदर्श सामुदायिक वन क्षेत्रमा लुकेर बस्ने पाँच हात्ती साँझ पर्ने बित्तिकै एक्लाएक्लै गाउँ छिर्ने गरेको उनको भनाइ छ । दैनिकजसो गाउँ डुल्ने जङ्गल हात्तीका कारण बुद्धशान्तिको जङ्गल आसपासका बच्चादेखि वृद्धवृद्धासम्म घरबाट बाहिर निस्कन डराउँछन् ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जिल्लाभर जङ्गली हात्तीको बिगबिगी रहेको स्वीकार गरे । उनले जलथल, पृथ्वीनगर, रङ्गेडाँडा, हल्दिबारी, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, मेचीनगरलगायत क्षेत्रमा हात्ती दिनहुँ गाउँ पस्ने गरेको बताए । विभिन्न वनमा छरिएर बसेका र हूल बाँधेर हिँड्ने हात्ती नियन्त्रण गर्न स्रोत र साधनको समस्या भइरहेको उनले बताए ।

उनले भने, “एकैपटकमा दश ठाउँबाट हात्ती गाउँ पस्यो भनेर खबर आउँछ । कार्यालयसँग जम्मा एउटा गाडी छ । प्रहरीको सहयोग लिएर हात्ती धपाउने काम गरिरहेका छौँ ।” उनले झापाको जङ्गलमा हाल ४० वटा जङ्गली हात्ती रहेको अनुमान गरिएको बताए ।

दैनिक घर भत्किएका र बालीनाली खाइदिएको लगायतका समस्या हुने गरेको गुनासो बढ्न थालेको उनले जानकारी दिए। हात्तीलाई जङ्गलबाट बाहिर निस्कन नदिन मेचीनगर, भद्रपुर र हल्दिबारीको जङ्गल वरिपरि राज्यको करोडौँ लगानीमा दर्जनौँ किलोमिटर लामो विद्युतीय घेराबेरा गरिएको छ ।

स्थानीयले आफूखुशी घरलाई वरिपरिबाट विद्युत् तारले घेर्ने समेत उपाय गर्दै आएका छन् । तर विद्युत् तार पन्छाउन अभ्यस्त भइसकेको हात्तीले मानव बस्तीलाई निशाना बनाउन छाडेको छैन ।

Tags: #झापा#रासस#हात्ती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा
समाचार

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार १५, २०८३
0

धनकुटा : धनकुटा प्रहरीले कोशी लोकमार्गबाट ७७५ केजी गाँजासहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ। लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा...

निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो
समाचार

हात्ती गाउँ पस्दा उदयपुरमा ६ परिवार विस्थापित, अन्नपातसमेत नष्ट

by टाकुरा न्यूज । इटहरी
असार १५, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ । कुमाङमा गए राति जङ्गली...

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

असार १५, २०८३
इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

असार १५, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

जेनजी आन्दोलनपछि रोकिएको ७९ जना स्वकीय सचिवको पारिश्रमिक दिन कोशी सरकारको निर्णय

असार १५, २०८३
खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

असार १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

असार १५, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

हात्ती गाउँ पस्दा उदयपुरमा ६ परिवार विस्थापित, अन्नपातसमेत नष्ट

असार १५, २०८३
अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

असार १५, २०८३
इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

असार १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    733 shares
    Share 293 Tweet 183
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.