तरहरा : तरहरा जेसीज समुदायमा पुग्न थालेको छ ।
जेसीज सदस्यलाई मात्रै प्रशिक्षण दिदैँ आएको तरहरा जेसीजले पहिलोपटक समुदायका मानिसहरूलाई उद्घोषण तालिमको आयोजना गरेको छ ।
इटहरी २० तरहरास्थित राष्ट्रिय जनसहयोग कलेजको सभाहलमा मंगलबार उद्घोषण तालिमको आयोजना गरिएको हो । तालिमलाई नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष दीपेन्द्र निरौलाले सहजीकरण गरे ।
उनले झण्डै चार घण्टासम्म उद्घोषण गर्नका निम्ति गर्नुपर्ने कार्यबारे सहजीकरण गरे । उद्घोषण गर्दा अपनाउनुपर्ने नियम, गर्नुपर्ने कार्य, प्रस्तुति, शैली र हाउभाउबारे प्रष्ट्याए ।
तरहरा जेसीज वर्ष २०२३ मा अध्यक्ष बहादुर तामाङले ‘१२ महिना, १२ तालिम’ गर्ने उद्घोष गरेका थिए । सोहीअनुरुप १२ औँ तालिम समुदायलाई केन्द्रीत गरिएको तामाङले बताए ।
उनकाअनुसार यहाँका विभिन्न संघसंस्थाका प्रतिनिधिसहित करिब ५० जना तालिममा सहभागी थिए । सहभागीहरूले उक्त तालिमबाट लाभ लिएको उनले बताए ।
कार्यक्रम निर्देशक तथा कार्यकारिणी उपाध्यक्ष विवेक विवश रेग्मीले एक वर्षको अवधिमा जेसीजका सदस्यलाई विभिन्न तालिम प्रदान गरी दक्ष बनाउने प्रयत्न गरिएको बताए ।
उनका अनुसार १२ औँ तालिमले समुदायमा जेसीजलाई हेर्ने दृष्टिकोण अझ सकारात्मक बन्दै गएकाले जेसीजप्रतिको आकर्षण बढेको विश्वास व्यक्त गरे ।
तालिम संयोजक तथा उपाध्यक्ष मदन बस्नेतले मन्तव्य राख्दै यस वर्षको अन्तिम तालिममा सहभागीहरूलाई धन्यवाद प्रकट गरे । उनले समुदायसँग पनि जेसीज जोडिनुपर्छ भन्ने उदेश्यले उक्त तालिम समुदायमा पुगेर गरेको बताए ।
कार्यक्रममा तरहरा जेसीजका पूर्व अध्यक्ष मेदन घिमिरे, पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष रामकुमार गिरीलगायतले शुभकामना मंतव्य राखेका थिए ।
यसैबीच सोही कार्यक्रमको अवसर पारेर तरहरा जेसीजमा सदस्य भएर ४० वर्ष उमेर नाघेका गोपाल खड्का, होमनाथ खड्का र सारदा खड्कालाई सम्मान पत्र प्रदान गर्दै बिदाइ गरिएको अध्यक्ष तामाङले बताए । उनका अनुसार लामो समयदेखि जेसीजमा योगदान पुर्याएपनि बिधानत: ४० वर्ष उमेर कटेपछि जेसीज सदस्य बन्न नपाउने प्रावधान भएकाले बिदाइ गरिएको हो ।












Discussion about this post