विराटनगर : विराटनगर महानगरपालिका ६ केशलियाबाट स्रोत नखुलेको नेपाली नगदसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
को ७ प ५२२१ नम्बरको मोटरसाइकल चालक देवानगञ्ज गाउँपालिका ५ सुनसरीका ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको नेपाली नगद १९ लाख ९० हजार रुपैयाँ फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post