मोरङ : मोरङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित बुधबार तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १६ दरैया स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेको को १९ प ८६० नम्बरको मोटसाइकल चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक दुहबी ९ का ३० वर्षीय मो।सहबाज र पछाडि सवार २७ वर्षीय मो. जावेद आलमको साथबाट १ ग्राम ९ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका १० स्थितबाट प्रतिबन्धित औषधी स्पासपेन, ट्रमाडोल र डाईक्लोमाईन गरी ३६ चक्कीसहित स्थानीय ३६ वर्षीय नारायण राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको छ ।













Discussion about this post